राष्ट्रिय स्वतन्त्र पार्टीको २२५६ वटा वडामा तदर्थ समिति बनेको छ।
शुक्रबारदेखि सुरू भएको विस्तारित बैठकमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा ६७४३ मध्ये ३३ प्रतिशत वडामा पार्टी पुगेको र त्यसमध्ये ९९७ मा मात्रै अधिवेशन सम्पन्न भएको उल्लेख गरिएको हो।
४६४ पालिकामा तदर्थ समिति बनेको र त्यसमध्ये ४७ वटामा मात्रै अधिवेशन भएको छ।
जिल्लागत रूपमा चितवनमा वडा र पालिका गरी ९३ प्रतिशत अधिवेशन भएको उल्लेख गरिएको छ।
झापामा ७३, काठमाडौंमा ६८, कञ्चनपुरमा ६० प्रतिशत, कास्कीमा ४९ र नवलपुरमा ४८ प्रतिशत अधिवेशन भएको छ।