राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्यता २ लाख ४१ हजार ७९९ पुगेको छ। शुक्रबारबाट चितवनको सौराहामा सुरू भएको विस्तारित बैठकमा जनाइएअनुसार ६८ हजार ७४० सदस्यता भने प्रमाणीकरण हुन बाँकी छ।
रास्वपका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएअनुसार पार्टीमा महिला सदस्य १४ प्रतिशत रहेको छ।
आदिवासी जनजाति १९.३, मधेसी ४.०, थारू १.५, मुस्लिम १.१ र दलित ७.३ प्रतिशत रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।