रामकुमारी झाक्रीले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई सम्बोधन गर्दै आफ्नै बेइज्जत हुने कारबाही नगरको भए पनि हुने बताएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता झाक्रीले कारबाहीको केही अर्थ नभएको टिप्पणी गरेकी हुन्। पार्टी एकताको दिन सहसंयोजक नेपालले झाक्रीसहित ६ जना नेतालाई कारबाही गरेका थिए। कात्तिक १९ गते १० वाम घटकको एकता भएको थियो। एकतामा नजाने निर्णय गरेका झाक्रीसहित ६ नेता कारबाहीमा परेका हुन्।
‘आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेवारी बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपार्इंको इतिहासलाई फेरि बल्झायो। बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए,’ उनले भनेकी छन्।