जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरूङले राजीनामा दिएपछि रिक्त स्थानमा नीलम पासवापन निर्वाचित भएकी छन्।
पासवानलाई आइतबार निर्वाचन आयोगले प्रमाण पत्र प्रदान गरेको हो। उनी दलित कोटाबाट सांसद बनेकी जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिएका हुन्।
केही महिनाअघि गीता गुरूङले प्रदेश सांसदबाट राजीनामा दिएकी थिइन्। उनले राजीनामा दिएपछि बन्द सूचीबाट पासवानलाई निर्वाचित गरेको हो।
‘धैर्य राखेपछि आफै पाइन्छ। कहिले यता, कहिले उता। कहिले दुई डुंगामा खुट्टा राखे बल्ड्याङ् लडिन्छ,’ पासवानले प्रमाण पत्र बुझेपछि राउतले टिप्पणी गर्दै भनेका छन्।