स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन्।
आइतबार सपथ ग्रहणलगत्तै रामशाहपथस्थित मन्त्रालयको कार्यकक्षमा उनले पदभार ग्रहण गरेकी हुन्। जेनजी प्रदर्शन क्रममा भदौ २४ गते स्वास्थ्य मन्त्रालय भवनमा आगजनी भएपछि मन्त्रालय स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालित हुँदै आएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार नै उनलाई मन्त्री नियुक्त गरेकी थिइन्।
स्वास्थ्य मन्त्री डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्।
उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।
तस्बिरहरूः
-ink-1761476891.jpeg)
-ink-1761476889.jpeg)
-ink-1761476889.jpeg)
-ink-1761476890.jpeg)
-ink-1761476892.jpeg)
-ink-1761476889.jpeg)
-ink-1761476889.jpeg)
-ink-1761476892.jpeg)