पूर्वमहान्यायाधिवक्ता रमेश बडालले विगतको नजिरले प्रतिनिधि सभा पुनर्स्थापना हुने देखाउने बताएका छन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेका उनले आज केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै विगतका नजिरले प्रतिनिधि सभा पुनर्स्थापना हुने देखाएकोले एमाले त्यसमै लाग्नुपर्ने बताए।
‘विगतको नजिरले संसद पुनर्स्थापना हुने देखाउँछ,’ उनले भने, ‘यसअघि दुई पटक प्रतिनिधि सभा विघटन हुँदा पनि पुनर्स्थापना भएको थियो। त्यसैले एमाले संसद पुनर्स्थापनाकै पक्षमा रहनुपर्छ।’
यद्यपि सधैं नजिरले निरन्तरता पाउँछ भन्नेचाहिँ नभएको बताएका थिए।
उनले केन्द्रीय कमिटीबाट प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा निर्णय लिएर आन्दोलन र गतिविधि गर्नुपर्नेसमेत बताएका छन्।