नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार पनि बसेको छ।
जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
केन्द्रीय सदस्य रामप्रित रामले नेकपा हुँदै एमालेमा आएकाहरूलाई एमालेले जिम्मेवारी नदिएको गुनासो गरे।
उनी रामबहादुर थापा बादलसँगै माओवादीबाट नेकपा हुँदै एमालेमा आएका थिए।
‘हामीलाई फरक पार्टीको व्यवहार गरिएको छ, जिम्मेवारी दिइएको छैन,’ उनले गुनासो गरे।