नेकपा (माओवादी केन्द्र)का नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा बोल्दै साहले पार्टीमात्र नभई राजनीतिबाटै अवकाश लिएको घोषणा गरेका हुन्।
'७५ वर्षको भएँ। माओवादी केन्द्रबाट म अलग भएँ। आगामी दिनमा कुनै पनि राजनीतिक पार्टीमा क्रियाशील हुने छैन,' उनले भने।
उनी पूर्व विज्ञान तथा प्रविधिमन्त्री पनि हुन्।
एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका साह पार्टीको विघटित केन्द्रीय समितिमा सचिव थिए।
माओवादीको केन्द्रीय समिति भंग भई महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ।
साहले कुनै पनि पार्टीको संगठित सदस्य नरहने गरी राजनीतिबाट अवकाश लिएको बताएका छन्।