नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले आफूहरू नियमित महाधिवेशन गर्न तयार रहेको बताएका छन्।
यदि नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनका लागि तयार रहनुपर्ने उनले बताए।
विशेष महाधिवेशन माग गर्न गोरखाका ५१ मध्ये ४२ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको र उक्त हस्ताक्षर पार्टीको सम्बन्धित निकायमा बुझाइएको बताए।
विशेष महाधिवेशन हस्ताक्षर बुझाउनुअघि गोरखा कांग्रेसका नेताहरू केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री गगन थापासँग भेटेका थिए।
‘हामी नियमित महाधिवेशनका लागि तयार छौं। नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गर्नुपर्छ,’ सभापति न्यौपानेले शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग भने।
भिडिओ: