नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए।
उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ।
यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ।
आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ।