अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूले छलफल गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर ज.ब.रा.ले छलफल गरेका हुन्।
प्रधानमन्त्री कार्कीसँग आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएको छ।
निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका लगायतका बारेमा छलफल भएको छ।
जेन—जी आन्दोलनले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीका कार्की नियुक्त भएकी थिइन्। अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। —न्युज एजेन्सी नेपाल