भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी पहिरोबाट प्रभावित भएको नेपाललाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।
उनले आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै अविरल वर्षाका कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरे।
यस समयमा भारत सरकार नेपाल सरकार र नेपली जनताको साथमा रहेको पनि उनले बताएका छन्।
‘नेपालमा परेको अविरल वर्षाका कारण जनधनको क्षति हुनु दुःखदायी छ। यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा रहेका छौं। मैत्रीपूर्ण छिमेकी र पहिलो सहायकको रूपमा भारत आवश्यक परे कुनै पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ,’ उनले लेखेका छन्।
नेपालमा विभिन्न ठाउँमा बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ।