राष्ट्रपति रामचन्द्र पौडेलले बाढी पहिरो तथा डुबानको खतराबाट सजग रहन आग्रह गर्दै उद्धार र राहतमा जुट्न राज्यका सबै निकायलाई अपिल गरेका छन्।
शनिबार अपिल जारी गर्दै राष्ट्रपति पौडेलले धैर्य अपनाउन पनि आग्रह गरेका छन्।
'देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपदमा धैर्यपूर्वक चुनौतीको सामना गर्न म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्छु,' राष्ट्रपतिले आफ्नो अपिलमा भनेका छन्, 'यो विपत्तिको घडीमा शीघ्र उद्धार राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गर्छु।'