नेकपा एमालेको सचिवालय बैठक सरेको छ।
आइतबार र सोमबार बस्ने भनिएको पार्टीको ५८ औं सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए।
वर्षाका कारण बैठक सरेको उनले बताए।
उनका अनुसार एमालेको केन्द्रीय कमिटी बैठक आउँदो २७, २८, २९ गते काठमाडौंमा बस्दैछ। त्यसअघि सचिवालय बैठक बस्नेछ।