प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त भएका छन्।
मन्त्रिपरिषदको आइतबारको बैठकले खनाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। पत्रकारिता पृष्ठभूमिका खनाल यसअघि उकालो डटकमका प्रधानसम्पादक थिए।
त्यस्तै, मन्त्रिपरिषद बैठकले गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकार पदमा नियुक्त गरेको छ। तिमल्सिना विवेकशील नेपाली दलका संस्थापक सदस्य हुन्।