सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई विभागको प्रमुखको जिम्मेवारी दिएको हो।
यसअघि भदौ २८ गते हुतराज थापा अनिवार्य अवकाशमा गएका थिए। उनी अवकाशमा गएपछि रिक्त रहेको पदमा कार्कीलाई नियुक्ति दिइएको हो।
कार्की २०५३ सालमा अनुसन्धान अधिकृतबाट गुप्तचरको सेवामा प्रवेश गरेका थिए। उनीसँगै ओमप्रकाश जोशी प्रमुख बन्ने लाइनमा थिए।