काठमाडौंको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा सोमबार मृत्यु भएको हो। दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।