दाङमा जेनजीको प्रदर्शन उग्र बन्दै गएको छ।
घोराहीस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय, नेकपा (एमाले) को जिल्ला पार्टी कार्यालय र नेकपा (माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ।
प्रदर्शनका क्रममा प्रमुख दलका पार्टी कार्यालयहरू पुगेका जेनजी र उनीहरूका समर्थकहरूले कांग्रेस, एमालेका साथै माओवादी पार्टी कार्यालयभित्र प्रवेश गरी त्यहाँ रहेका फर्निचर तथा कुर्सी टेबुल तोडफोड गरेका हुन्।
एमाले कार्यालयका फर्निचरमा उनीहरूले आगजनी पनि गरेका छन्।
प्रदर्शनकारीले तुलसीपुरस्थित बिपी चोकको शालिकमा राखिएको कांग्रेसको झन्डा निकालेर राष्ट्रिय झन्डा टाँगेका छन् भने मदन आश्रित चोकमा राखिएको उनीहरूका तस्बिर च्यातेर फालिदिएका छन्। त्यो ठाउँमा पनि उनीहरूले राष्ट्रिय झन्डा टाँगेका छन्।
घोराहीमा जिल्ला प्रशासन कर्यालय, घोराही उपमहानगरपालिका लगायत सरकारी कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरिरहेका छन्।