प्रदर्शनकारीहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको घरमा तोडफोड गरेका छन्।
खैरहनी नगरपालिकास्थित थपलियाको घरको तोडफोड र आगजनी गरेका हुन्।
खैरहनीमौ रहेको नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको घरमा पनि तोडफोड भएको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए।
पुरीका अनुसार आन्दोलनकारीले चितवनका सबै पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।