'संयुक्त जनआन्दोलन समिति' को कार्यवाहक संयोजक धवल शम्शेर राणालाई दिइएको छ।
संयोजक नवराज सुवेदीले आफू विदेश जानुपर्ने भएको उल्लेख गर्दै कार्यवाहक संयोजक धवल शम्शेरलाई तोकेका हुन्।
धवल शम्शेर 'संयुक्त जनआन्दोलन समिति' मा आन्दोलन परिचालन समितिका संयोजक पनि छन्। उनी राप्रपाका महामन्त्री पनि हुन्।
राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी, हिन्दु राष्ट्र पुनर्स्थापनालगायत मुद्दा अघि सारेर २०८१ चैत ४ गते सुवेदीको नेतृत्वमा 'संयुक्त जनआन्दोलन समिति' गठन भएको थियो।
यसअघि सुवेदीले आफूलाई आफ्नै घरमा प्रहरी सुरक्षामा राखिएको र गतिविधि गर्न नदिएको भन्दै 'संयुक्त जनआन्दोलन समिति' को कार्यवाहक संयोजक जगमान गुरूङलाई दिएका थिए। पछि उनले आफै संयोजक लिएका थिए।
यस्तो छ विज्ञप्ति;
