प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यसबारे जानकारी गराइएको हो।
प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा गएर भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।
सभामुखले राखेको छलफलपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे शुक्रबार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए।
साथै शुक्रबार पछि भदौ १८ गते र २५,२६ र २७ गते प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।
(न्युज एजेन्सी नेपाल)