निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ।
रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा पनि कात्तिक १७ मै उपनिर्वाचन मिति तोकिएको छ।
२०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए।
चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो। सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो।
त्यससँगै मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त भएको हो। रिक्त पदमा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी दुई चार दिनभित्रै निर्णय गरिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सेतोपाटीलाई जानकारी दिए।
यो पनि: दीपक मनाङे जेलबाट छुटेपछि पनि ६ वर्ष निर्वाचन लड्न नपाउने