संसदको शिक्षा समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।
शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले विधेयक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
उक्त विधेयक बिहीबार समितिबाट पास भएको थियो।
विधेयक प्रतिवेदन पेस गर्दै समिति सभापति थापाले विधेयक पास गर्न अहोरात्र खटिएका समिति सदस्य, कर्मचारी र सरोकारवाला निकायहरूलाई धन्यवाद दिए।
उनले विधेयकले निकै उत्कृष्ठ व्यवस्था गरेकाले यसको विरोधमा आन्दोलन गरेका आन्दोलनको तयारीमा रहेका विभिन्न समूहहरूलाई आन्दोलन रोक्न आग्रह पनि गरे।
समितिबाट विधेयक पास भएर आएपछि प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुन्छ।
प्रतिनिधि सभाले पारित गरेपछि राष्ट्रिय सभामा पनि पारितका लागि पठाइन्छ। त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछ विधेयक ऐन बन्छ।