संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
समितिका सभापति नेपाली कांग्रेसका सांसद जीवन परियारले १०१ पृष्ठको प्रतिवेदन मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा आयोजित कार्यक्रमबीच सभामुख घिमिरेलाई बुझाएका हुन्।
यो पनि: संघीय निजामती सेवा विधेयकमा गम्भीर त्रुटि भएको जीवन परियार नेतृत्वको छानबिन समितिको सर्वसम्मत प्रतिवेदन
सभापति परियारले सर्वसम्मत रूपमा तयार पारिएको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइएको जानकारी दिए।
‘हामीले समितिको परिधिभित्र रहेर मसिनो गरी त्रुटि औंल्याएर तत् तत् क्षेत्रका व्यक्तिहरूलाई जिम्मेवार बनाउने गरी सर्वसम्मत रूपमा प्रतिवेदन दिएका छौं,’ उनले भने, ‘तर कतिपय सञ्चार माध्यमहरू र बाहिर यसबारे विभिन्न कुराहरू आएका रहेछन्, चरित्र हत्या गर्नेसम्मका घटना सुन्नुपर्दा दु:ख लागेको छ।’
निजामती कर्मचारीलाई राजीनामा वा अवकाशको दुई वर्षसम्म नियुक्ति नदिने गरी कुलिङ पिरियडमा व्यवस्था गरे पनि प्रतिनिधि सभाबाट पारित भएर आउँदा हेरफेर भएपछि छानबिन गर्न समिति गठन भएको थियो।
तस्बिरहरू:
-1754379660.jpeg)
-1754379659.jpeg)
-1754379659.jpeg)
-1754379658.jpeg)
-1754379657.jpeg)
-1754379657.jpeg)
-1754379656.jpeg)
-1754379656.jpeg)
-1754379655.jpeg)
-1754379655.jpeg)
-1754379654.jpeg)
-1754379654.jpeg)