नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिनै लाग्दा अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी सदस्य कर्ण थापाबीच नोकझोंक भएको छ।
च्यासलस्थित एमाले मुख्यालयमा सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक अहिले रातिसम्म चलिरहेको थियो।
अध्यक्ष केपी शर्मा ओलीले बैठक समापन गर्न लाग्दा पार्टी स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न समय मागेका थिए।
'मेरा केही कुराहरू छन्' भन्दै बोल्न खोजेका थापालाई अध्यक्ष ओलीले रोकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
'निर्णयहरू सुनाएकै छैन, निर्णयमा केही भएपछि बोल्नुहोला' भन्दै ओलीले थापालाई रोकेका थिए।
केन्द्रीय कमिटी बैठक आजै सकिने जनाइएको छ।