नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्याह्नदेखि बैठक सुरू भएको हो। आज बैठकको दोस्रो दिन हो।
पोलिटब्युरो बैठकमा सचिवालय बैठकमा भएका निर्णय र उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।
शुक्रबार सात जना सदस्यहरूले धारण राखेका थिए।
कर्ण थापा, शेरधन राई, लालबाबु पण्डित, राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरूङ र खगराज अधिकारीले शुक्रबार धारणा राखेका थिए।
बाँकी सदस्यहरूले आज धारणा राख्नेछन्।
एमाले पोलिटब्युरोको आकार ९९ सदस्यीय छ।
सचिवालय र पोलिटब्युरो बैठकले संशोधन भएको विधान असार ५ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुनेछ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान अधिवेशन गर्दैछ।
तस्बिहरूः








तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।