राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै किसिमका भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयअगाडि प्रदर्शन गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहितले नाराबाजी गर्दै शुक्रबार दिउँसो अख्तियारअगाडि प्रदर्शन गरेका हुन्।
साथै राप्रपाले भ्रष्टाचारको छानबिन र कारबाहीको मागसहित अख्तियारमा ज्ञापन पत्रसमेत बुझाएको बताएको छ।
‘संघ, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धाजस्तो देखिन्छ। अहिले भ्रष्टाचार कहाँ-कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ अध्यक्ष लिङ्देनले अख्तियारलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।
सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको पनि उनले बताएका छन्।
‘यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्। अझ प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रष्ट हुन्छ,’ उनले भने।
ठूला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायराबाहिर परेको पनि उनले बताए। यसो हुँदा आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको राप्रपाको भनाइ छ।
‘भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्टलगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरूको अडिओ प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना मात्र भएको राप्रपाको भनाइ छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खर्बौं कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठूला भ्रष्टाचार काण्डमा अनुसन्धान र कारबाही गर्न ढिला भइरहेकोले राप्रपाले अख्तियारको ध्यानाकर्षण गराउनुपरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
तस्बिरहरू:
-1752825873.jpg)
-1752825873.jpg)
-1752825872.jpg)
-1752825872.jpg)
-1752825871.jpg)
-1752825871.jpg)
-1752825870.jpg)
-1752825870.jpg)
-1752825869.jpg)
-1752825869.jpg)
-1752825868.jpg)
-1752825868.jpg)
-1752825867.jpg)
-1752825867.jpg)
-1752825866.jpg)
-1752825866.jpg)
-1752825863.jpg)
-1752825863.jpg)
-1752825862.jpg)
-1752825862.jpg)
-1752825861.jpg)
-1752825861.jpg)
-1752825859.jpg)
-1752825859.jpg)
-1752825858.jpg)
-1752825858.jpg)
-1752825856.jpg)
-1752825856.jpg)
-1752825857.jpg)
-1752825857.jpg)