राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समिति अध्यक्षबाट हटाएपछि नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन्।
पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्ती शाहीसहित आइतबार बिहान सुवेदीसहित राप्रपाका असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका हुन्।
सुवेदीले आफूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समिति अध्यक्षबाट हटाएको विषयमा निर्वाचन आयोगमा उजुरी पनि दिएका छन्।
अध्यक्ष लिङ्देनले असार २५ गते पार्टी अनुशासन समिति अध्यक्षबाट सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समिति अध्यक्ष पदमा मनोनीत गरेका थिए।
सोही दिन अध्यक्ष लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए।
यी निर्णयहरू अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय समितिबाट नगरी एकलौटी रूपमा गरेको र उक्त कार्य विधानविपरीत रहेको राप्रपाका असन्तुष्ट नेताहरूको भनाइ छ।
अध्यक्ष लिङ्देनले भने पार्टी विधानअनुसार आफूलाई सहयोग गर्न पदाधिकारी नियुक्त गरेको उल्लेख गर्दै असहयोग नगर्न चेतावनी दिएका छन्।
‘विधानअनुसार अध्यक्षले उपाध्यक्ष, महामन्त्रीलगायत मनोनीत गर्ने व्यवस्था छ, मैले मनोनीत गरेको हुँ, अहसयोग नगर्नुहोस्,’ उनले भनेका छन्, ‘मैले गल्ती गरेको भए महाधिवेशनमा मलाई हराउने हो, अहिले काम गर्न अल्झाउने होइन।’
सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' गठन भएको थियो। उक्त समितिले असार १५ गतेदेखि अनिश्चितकालीन 'जनआन्दोलन' सुरू गरे पनि उक्त कार्यक्रम अहिले मत्थर भएको छ।
सुवेदीले 'संयुक्त जनआन्दोलन समिति' संयोजक हुँदै गर्दा राप्रपाको साधारण सदस्य पनि परित्याग गरेको बताएका थिए।
तस्बिरहरू:
-1752386658.jpeg)
-1752386658.jpeg)
-1752386658.jpeg)
-1752386658.jpeg)
-1752386658.jpeg)
-1752386657.jpeg)
-1752386657.jpeg)
-1752386657.jpeg)
-1752386657.jpeg)
-1752386656.jpeg)
-1752386656.jpeg)
-1752386655.jpeg)
-1752386655.jpeg)