प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए।
उनले न्यायाधीशहरूको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताए।
पछिल्लो समय निष्ठा भए पनि व्यत्ति पाउन गाह्रो रहेको उनको भनाइ छ।
उनले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राखे।
उनले भने, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो। त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ। त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहँदैन। हाम्रा काम कारबाहीहरू, हाम्रा निर्णयहरू, हाम्रा भूमिकाहरू ठिक ठाउँमा प्रयोग हुनुपर्दछ। यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ। अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ। मैले हजारौं मुद्दा फैसला गरेँ अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिहाल्छन् अरू ९९९ वटा मुद्दाको कुनै सरोकार नै छन्। त्यसका बाबजुद पनि मैले न्यायापालिाको जिम्मा लिन्छु भनेको छु। लिन्छु पनि।’
उनले तमाम चुनौतीका बीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको दोहोर्याए। —न्युज एजेन्सी नेपाल