नेकपा (ममाओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।
बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक परिस्थितीबारे छलफल हुने एजेन्डा छ।
बाढी पहिरोले पुर्याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।
त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।
पार्टीको संगठनात्मक सुदृढीकरणबारे छलफल गर्ने पनि बैठकको एजेन्डा रहेको उपाध्यक्ष सापकोटाले बताए ।