आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ।
बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ।
बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रश्ताव दर्ता गर्ने संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ।
त्यस्तै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल हुने कार्यसूची छ।
दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानून व्यवसायी परिषद्सँग छलफल हुनेछ।
दिउँसो १ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा २३ औं वार्षिक प्रतिवेदन उपर छलफल र पारित हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनस्र्थापना सम्बन्धमा छलफल हुनेछ।