प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले नीति निर्माण गर्न गाह्रो काम भएकाले संसोधन हाल्दा त्यसलाई थप परिस्कृत बनाउन सकिने तर गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी हुन्।
'त्यसमा अलि अध्ययन गरेर गरौं। आवश्यक परे पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौं,' उनले भनिन्।
कुलिङ पिरियडबारे राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कमजोरीले अरू समितिका सांसदहरू पनि झस्किएको उनले बताइन्।
'अस्ति राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको दफा हेरफेरको जुन कुरा आयो । सांसदहरु झनै झस्किएका छन् । त्यो दफा दफामा हेर्नुपर्छ । यसबाट हामीले पाठ सिक्नुपर्छ,' उनले भनिन्।