कुलिङ पिरियड हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जथाभावी बोलेको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा बैठकमै जंगिएका छन्।
सभापति खतिवडाले बुधबार समितिको बैठकमा आक्रोश पोखेका हुन्।
‘रिपोर्ट दिएको थियो कि थिएन मैले? अनि रिपोर्ट पाइन भनेर अन्तर्वार्ता दिने? मन्त्रीले राज्यवस्थाले यसो गर्यो भन्ने? रिपोर्ट तपाईंहरूका अगाडि दिएको हो कि होइन? यो ठीक छ भनेको हो कि होइन?,’ रिपोर्ट पाइन भनेको के हो?,’ उनले भने।
सभापति खतिवडाले आफू कुलिङ पिरियडको पक्षमा रहँदारहँदै पनि निष्ठामाथि प्रहार गर्ने काम भएको बताए।
‘मेरो निष्ठामाथि पनि प्रहार भएको छ। मेरो निष्ठा र प्रतिष्ठामाथि यो निर्णयले प्रहार भएको छ। मेरो संलग्नताबिना यो काम भएको छ। भएको छ। म सभापतिको संलग्नताबिना, मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने गरी यो काम भएको छ,’ उनले भने, ‘कुलिङ पिरियडको सन्दर्भमा मैले हिजो पनि दुई वर्ष राख्नुपर्छ भनेर स्ट्याण्ड लिएको हुँ।’
उनले सामान्य प्रशासन मन्त्री गुप्तालाई जेठ १५ गते आफूले प्रतिवेदन दिएको पनि बैठकमा बताएका थिए।
भिडिओ: