सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले बजेट विनियोजनमा शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले मन्त्रालयको बजेट जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताए।
'ससाना टुक्रा र नेताको अझ आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्छ। बजारमा चर्चा त्यो पनि चर्चा छ है । टुक्रे योजनाहरु फालिनुपर्छ । तीन करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र होइन संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्छ,' उनले भने।
सांसद थापाले तीन करोड भन्दा कम योजा कार्यान्वयनमा नजाने पनि बताए ।
'तीन करोडभन्दा कम बजेटका योजना छुट्याइएका छन् भने निमर्मतापूर्वक सहरी विकास मन्त्रालय जुनसुकै मन्त्रालय, पर्यटन, खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जुनसुकैमा पनि छ भने ती कार्यान्वयन गर्न हुँदैन, रोक्नुपर्छ,’ उनले भने।-न्युज एजेन्सी नेपाल