नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणको विषय पार्टीले नछाड्ने बताएका छन्।
माओवादी केन्द्र दोलखा—काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दुई राजनीतिक दलहरुसँग दुई बुँदे सम्झौता भएपछि संसद खुलेको तर भिजिट भिसाको विषयलाई माओवादीले नछाड्ने बताएका हुन्।
'हामीले यो मुद्दा छोड्दैनौं। भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौं । हामी छोड्दैनौं। यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौं,' उनले भने।
उनले सहमति भएको विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतयक्ष छलफल नभएको पनि बताए।
'हाम्रो पार्टीालाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ । त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ,' उनले भने।