संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार दिउँसो बैठक बोलाइको छ। शुक्रबार दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्ने लागेको बैठकमा तीन विषयमा छलफल हुनेछ।
राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाका अनुसार बैठकमा मोर्चाको कार्यविधिबारे छलफल हुनेछ।
त्यस्तै बैठकमा आदिवासी जनजाति र मधेसीबीच सहकार्य गर्नेबारे पनि छलफल तय भएको छ।
भिजिट भिसा प्रकरण र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पनि छलफल हुने झाले बताए।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तमलोपा लगायत पार्टीहरू मोर्चामा आवद्ध छन्।