प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू भएको घोषणा गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।
सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने भन्दै सांसदहरूलाई बस्न आग्रह गरेका थिए तर विपक्षी दलका सांसदहरूले विरोध गरिरहे।
त्यसपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् भने कांग्रेस र एमालेले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन्।
विपक्षी दलले सदन अवरोध गर्दा सत्तापक्षका केही सांसदहरू उठेर आफूहरूले धारणा राख्न पाउनुपर्ने बताएका थिए।
-1749124921.jpg)
-1749124919.jpg)
-1749124919.jpg)
-1749124918.jpg)
-1749124914.jpg)
-1749124916.jpg)
-1749124917.jpg)
-1749124914.jpg)
-1749124912.jpg)
-1749124913.jpg)
-1749124913.jpg)
-1749124909.jpg)
-1749124909.jpg)
-1749124910.jpg)
-1749124912.jpg)