राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार संसदीय दल र सचिवालय बैठक आह्वान गरेको छ। आज दिउँसो एक बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय सचिवालय बैठक बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
त्यस्तै दिउँसो तीन बजे संसदीय दलको बैठक बस्नेछ। संसदीय दलको बैठक पनि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको कार्यवाहक प्रवक्ता झाले बताए।
आजको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुनेछ। त्यस्तै भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे छलफल हुने झाले बताए।
यस्तै पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि आजको बैठकमा छलफल हुनेछ। जेठ २३ गतेबाट आरम्भ गर्ने भनिएको जनयात्राबारे पनि आज बस्ने बैठकमा छलफल गर्ने कार्यसूची छ।