नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संरक्षक रेशम चौधरीमाथि प्रशासनिक मनोमानीका आधारमा वैशाख १७ गते पक्राउ गरिएको घटनाप्रति निष्पक्ष छानबिनको माग गरेको छ।
पार्टीकी सांसद रञ्जिता श्रेष्ठले प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू हुनेबित्तिकै चौधरीलाई प्रशासनिक मनोमानीका आधारमा पक्राउ गरिएकोले छानबिन हुनुपर्ने बताइन्।
‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु- यो घटनाको गहिरो अध्ययन होस्,’ नाउपा अध्यक्षसमेत रहेकी श्रेष्ठले भनिन्, ‘वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहकारको सार्वजनिक जबाफ दिइयोस्।’
वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रका आधारमा रेशम चौधरी पक्राउ परी पाँच घन्टा डिल्लीबजार कारागारमा रहेर रिहा भएका थिए।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नाउपा सांसद लालवीर चौधरीले सर्वोच्च अदालतका कर्मचारी विष्टको पत्रका आधारमा रेशम पक्राउ परेको र उक्त पत्र अनधिकृत भनेर सर्वोच्चले भनेपछि रिहा भएको घटनामा सरकारको जबाफ माग गरेका थिए।
सर्वोच्चका कर्मचारी विष्टलाई प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ।
यो पनि:
अनधिकृत पत्रबाट रेशम चौधरी पक्राउ घटना: नाउपाले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीबाट जबाफ
रेशम चौधरीलाई थुन्न सर्वोच्चले पठाएको अनधिकृत पत्र प्रकरणको विस्तृत