राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
संघीय संसद्को अधिवेशन यही वैशाख १२ गतेबाट सुरू हुन लागेकाले त्यसबारे छलफल गर्न रास्वपाले बिहीबार दिउँसो संसदीय दल बैठक बोलाएको हो।
संसदको आगामी अधिवेशनबारे र पार्टीको गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनबारे छलफल गर्न बैठक बस्न लागेको रास्वपाले बताएको छ।
संसदीय दल कार्यालय सिंहदरबारमा बस्ने बैठकको संयोजन उपनेता विराजभक्त श्रेष्ठले गर्नेछन्।