नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ गतेसम्म हुने भएको छ।
काठमाडौंमा आयोजना हुने उक्त महाधिवेशनका लागि विभिन्न उपसमिति बनेको अनेरास्ववियुका सचिव एवम् प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
उनका अनुसार मंगलबार बसेको संगठनको सचिवालय बैठकले मातृ पार्टी नेकपा (एमाले) ले वैशाख ९ गते मनाउन लागेको ७६ औं नेकपा स्थापना दिवस कार्यक्रममा परिचालित हुने निर्णय गरेको छ।
त्यस्तै एमालेले वैशाख ११ गते युवा दिवस मनाउँदैछ त्यसमा पनि संगठन परिचालन गर्ने निर्णय भएको पौडेलले बताए।