नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत जारी मतगणनाको बुधबार तेस्रो दिन पनि नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनकै उम्मेदवारहरूले दोब्बर बढीको अग्रता लिइरहेका छन्।
अध्यक्ष, उपाध्यक्षहरू र महासचिवसहित सदस्य पदमासमेत कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरूकै फराकिलो अग्रता छ।
बुधबार दिउँसो १ः२५ बजेसम्मको गणना अनुसार अध्यक्ष पदमा विजयप्रसाद मिश्र ३३८९ मतसहित अगाडि छन्। उनले माओवादी केन्द्र–राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठलाई १८४८ मतले पछाडि पारेका छन्। श्रेष्ठले १५४१ मत पाएका छन्।
कोशी प्रदेश उपाध्यक्षका उम्मेदवार पदमप्रसाद लिम्बूले ३५५८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कर्णबहादुर राईले ११९० ल्याएका छन्।
मधेस प्रदेश उपाध्यक्षमा अजयशंकर झा ३५४५ मतसहित अग्रस्थानमा छन्। प्रतिस्पर्धी प्रमोदप्रसादले ११७८ ल्याएका छन्। बागमती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले ३४६४ मत ल्याएका छन्। प्रतिस्पर्धी डेकेन्द्र सुवेदीले १३३८ मत ल्याएका छन्।
गण्डकी प्रदेशमा उपाध्यक्षमा भूपेन्द्र खनाल ३३८२ मतसहित अगाडि छन्। १३६१ मत ल्याएका सुकदेव गौतमले उनलाई पछ्याउन खोजेका छन्।
लुम्बिनी प्रदेश उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल ३५१५ मतसहित अग्रतामै छन्। उनका प्रतिस्पर्धी तीर्थराज ज्ञवालीले १२१६ मत ल्याएका छन्। कर्णाली उपाध्यक्षमा विवसकुमार बस्नेतले ३४७२ मत ल्याएका छन्। प्रतिस्पर्धी धर्मराज न्यौपानेको १२३४ मत आएको छ।
सुदूरपश्चिम उपाध्यक्षमा सिद्धराज ओझा ३५१४ मतसहित अगाडि छन्। ११८७ मत ल्याएका पदमराज शर्मा पछाडि छन्।
महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ ३११६ मतसहित अगाडि छिन्। उनकी प्रतिस्पर्धी दिना श्रेष्ठ १६३३ मतसहित पछाडि छिन्।
महासचिवतर्फ कांग्रेस–एमाले गठबन्धनका केदारप्रसाद कोइराला ३२५४ मतसहित अगाडि छन्। प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले १३९९ मत ल्याएका छन्।
कोषाध्यक्षमा जगतबहादुर कार्कीले ३४६७ मत ल्याएर अग्रता लिइरहेका छन्। प्रतिस्पर्ध दीपक राईले १०७७ मत ल्याएका छन्।