नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ।
मतगणनाको दोस्रो दिन अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार विजयप्रसाद मिश्रले फराकिलो अग्रता लिइरहेका छन्।
दिउँसो तीन बजे सम्मको मत परिणामअनुसार अध्यक्षमा मिश्रले १२९५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्र–राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत प्राप्त गरेका छन्।
महासचिवमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार केदार कोइरालाले १२९६ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी माओवादी केन्द्र–राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले ५९५ मत ल्याएका छन्।
कोशी प्रदेशको उपाध्यक्षमा पदमप्रसाद लिम्बूले १३८२ मत ल्याएका छन्। अर्का प्रत्यासी कर्णबहादुर राईले ५५८ मत ल्याएका छन्।
मधेस प्रदेशको उपाध्यक्षमा अजयशंकर झाले अग्रता लिइरहेका छन्। उनले १३८२ मत ल्याउँदा प्रतिस्पर्धी प्रमोद प्रसादले ५३९ मत ल्याएका छन्।
बागमती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावल अगाडि छन्। उनले १३५४ मत ल्याउँदा प्रतिस्पर्धी डेकेन्द्र सुवेदीले ५७९ मत ल्याएका छन्।
गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनाल अगाडि छन्। उनले १३५४ मत ल्याउँदा प्रतिस्पर्धी सुकदेव गौतमले ५५५ मत ल्याएका छन्।
लुम्बिनी उपाध्यक्षमा कृष्णप्रसाद पोखरेलले १४१२ मत ल्याएर अगाडि छन्। प्रतिस्पर्धी तीर्थराज ज्ञवालीले ५२० मत ल्याएका छन्।
कर्णाली प्रदेश उपाध्यक्षमा विवशकुमार बस्नेत अगाडि देखिएका छन्। उनले १३८१ मत ल्याउँदा प्रतिस्पर्धी धर्मराज न्यौपानेले ५२५ मत पाएका छन्।
सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सिद्धराज ओझा अगाडि छन्। उनले १३८० मत ल्याउँदा प्रतिस्पर्धी पदमराज शर्माले ५२५ मत ल्याएका छन्।
महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ अगाडि छिन्। उनले १२६८ मत ल्याउँदा प्रतिस्पर्धी दिना श्रेष्ठले ६२८ मत ल्याएका छन्।
मतगणना अहिले पनि जारी छ। अध्यक्षसहित सबै पदमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरू अगाडि छन्।