नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
क्रान्तिकारीले यसपालि अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचनबाट चयन गरेको छ। मतगणनामा विवाद हुँदा नतिजा आउन भने पाँच दिन लाग्यो।
पेरिसडाँडामा बुधबार राति सम्पन्न मतगणनाले अध्यक्षमा विजयप्रकाश सापकोटालाई निर्वाचित गरेको छ। उनले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतान्तरले पराजित गरे।
सापकोटाले ६८६ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत ल्याए। त्यस्तै उपदेश यादवले ३१० र सुदिन पौडेलले १९२ मत पाए।
सापकोटा माओवादी उपमहासचिव शक्ति बस्नेतनिकट, राई जनार्दन शर्मानिकट, पौडेल वर्षमान पुननिकट, यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन्।
उनीहरूले प्यानल नै बनाएर चुनाव लडेका थिए।
९ उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यू यादव र उमेश कँडेल विजयी भए।
महासचिवमा रोशन थापामगर विजयी भए।
त्यस्तै ९ उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की निर्वाचित भए।
११ जना सचिवहरूमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छो हाङ मावो निर्वाचित भए।
कोषाध्यक्षमा फूलमाया रानामगर 'खुसी' निर्वाचित भए।
क्रान्तिकारीमा ४८ सदस्यीय केन्द्रीय सचिवालय, तीन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव, १६२ केन्द्रीय सचिव गरी कुल ३१२ जनाको कमिटी रहेको छ।
यस्तो छ विजयीको सूचीः