राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकले आर्थिक र भौतिक विकासको गतिलाई अघि बढाउनुपर्ने बताएका छन्।
काठमाडौंमा मंगलबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो।’
राष्ट्रपति पौडेलले भौतिक विकासका रूपमा भएको प्रकृतिको दोहन र मानवीयता प्रतिको बेवास्थाले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढ्दो रहेको पनि बताए।
साथै राष्ट्रपति पौडेलले श्रम र श्रमीक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनुपर्ने बताए।
नेपालका श्रमीकहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सह्रानीय रहेको बताउँदै उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्रै नरहेको भन्दै मानवीय विकास पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।