नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको स्थायी कमिटी बैठकमा नेता राजेन्द्र राईले फरक मत राखेका छन्।
स्थायी कमिटी बैठकले स्थायी कमिटी विस्तारको निर्णय लिएपछि उनले यसबारे फरक मत राखेका हुन्।
आफूले तीन कारणसहित फरक मत राखेको राईले जानकारी दिए।
विधान छापिन बाँकी रहेको अवस्थामा स्थायी कमिटी विस्तार गरिनुको कानुनी आधार नभएको उनको भनाइ छ।
साथै कति संख्या थप गर्ने, कुन योग्यताका आधारमा भन्ने पनि उनको प्रश्न छ।
उनले स्थायी कमिटी, पोलिट्ब्यूरो केन्द्र कमिटीले मात्र जन्माउन सक्ने भएकोले स्थायी कमिटीले स्थायी कमिटी सदस्य थप्नु विधानअनुसार नमिल्ने पनि बताएका छन्।
स्थायी कमिटीमा पार्टीका वरिष्ठ नेताहरू छुटेको पनि उनले बताएका थिए।