सिंहदरबारभित्र संघीय संसद भवन निर्माणाधीन छ।
सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा एक सय ७३ रोपनी क्षेत्रमा संघीय संसद भवन निर्माणको काम भइरहेको हो।
यो भवन ६ अर्बभन्दा बढी रकम खर्च गरेर निर्माण भइरहेको छ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण भइरहेको छ।
भवन निर्माणको ठेक्का तुँदी सेक ज्वाइन्ट भेन्चरले पाएको थियो। भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छैन। त्यसकारण पटक-पटक म्याद थप गरिँदै आइएको छ।
यो भवन शिलान्यास २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।
तस्बिरहरू:




