सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
आइतबार दिउँसो काठमाडौंको माइतीघरमा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका लामिछानेको सरकारी वकिल कार्यालय काठमाडौंमा आइतबार पनि बयान भएको छ।
उनीमाथि कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको अभियोग छ।
त्यस्तै काठमाडौंमा बयान सकेर पोखरा लैजाने प्रहरीको तयारी छ। पोखराबाट उनलाई चितवन लगिनेछ।
तस्बिरहरू:
-1733039617.jpeg)
-1733039617.jpeg)
-1733039616.jpeg)
-1733039616.jpeg)
-1733039615.jpeg)
-1733039615.jpeg)
-1733039614.jpeg)
-1733039614.jpeg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी