नेकपा (एमाले) तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पराजित भएको छ।
बिहीबार भएको निर्वाचनमा अध्यक्षमा दसबुँदे समूहका शिव ढुंगानामा २३६ मतसहित निर्वाचित भए। अध्यक्षका प्रत्यासी गोविन्दराज श्रेष्ठले २०४ मत ल्याए।
अध्यक्षमा निर्वाचन भएका ढुंगानमा पूर्वजिल्ला समन्वय समितिका प्रमुख हुन्।
उपाध्यक्ष सन्तोष तिगेला सर्वसम्मत भए। उनी पनि दसबुँदे समूहकै हुन्।
सचिव तारा मादेन २२८ मतसहित निर्वाचित भए। उनी अध्यक्ष ओली पक्षका हुन्। उनका प्रत्यासी छत्रप्रसाद रिमालले २०२ मत ल्याए।
पुरूष उपसचिवमा दसबुँदे समूहकै यादव खापुङ २२० मतसहित निर्वाचित भए। प्रत्यासी अर्जुन ढुंगानाले २०८ मत ल्याए।
महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन्। उनी अध्यक्ष ओली पक्षकी हुन्।
दसबुँदे समूहकी सरिता खड्काले १६५ मत ल्याइन्। उपसचिवमै उम्मेदवार बनेकी तारा कार्कीले ७८ मत ल्याइन्।
मंसिर ४ गतदेखि सुरू भएको अधिवेशनले ८९ सदस्यीय कमिटी निर्वाचित गरेको छ।