नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष र सचिव निर्विरोध भएका छन्।
बुधबारबाट सुरू भएको पाँचौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।
अध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा नरेन्द्र न्यौपानेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।
उपाध्यक्षमा श्यामकाजी खत्री, प्रकाश भुजेल, मदन विष्ट, बलराम बेलबासेको उम्मेदवारी परेको छ। खुला उपसचिवतर्फ जगत लामा, मोदनाथ सिग्देलको उम्मेदवारी परेको छ। महिला क्लस्टरतर्फै सजिना थापा मगर, विनिता काफ्ले, शोभा सापकोटा थापाको उम्मेदवारी दर्ता भएको हो।
उनीहरूबीच छलफल गरेर सर्वसम्मतिको प्रयास भइरहेको एमालेले बताएको छ।
एमालेमा भूगोल र गैरभूगोल गरी ८१ वटा जिल्ला कमिटी छन्। युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भइ सदस्य लिएकाहरू यो कमिटीमा रहन पाउनेछन्।
अधिकांश जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ। १० वटा जिल्ला कमिटीको मात्रै अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ।